१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ महिनामा गौर भन्सारद्वारा १४ करोड राजस्व संकलन

अ+ अ-

रौतहट । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।

कार्यालयले साउनदेखि पुससम्म रु. १४ करोड ६७ लाख ५५ हजार राजस्व संकलन गर्न सफल भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिए । भन्सार विभागले आव २०८१/८२ का लागि रु. ३५ करोड ४३ लाख ७८ हजार राजस्व संकलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा रु. १४ करोड ६७ लाख ५५ हजार संकलन गरेको उनले बताए । यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन भएको प्रमुख सिंहले जानकारी दिए ।

भन्सार प्रमुख सिंहका अनुसार, यो छ महिनामा सबैभन्दा बढी पुसमा रु. तीन करोड ४७ लाख १४ हजार संकलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व संकलन भयो । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको छ ।

यसैबीच रौतहट प्रहरीले गत साउनयता रु. दुई करोड ४२ लाख ७७ हजार चार सय ४३ बराबरको सीमा क्षेत्रबाट चोरी निकासीका सामान बरामद गरी गौर भन्सारमा बुझाएको रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिए । सो अवधिमा अवैध सामान ओसारपसार गर्ने ६६ जना, एक सय आठवटा मोटरसाइकल, दुई थान पिकअप भ्यान, दुई थान स्कारपियो गाडी, १४ वटा साइकल र चारवटा सिटी रिक्सा बरामद गरी  भन्सार कार्यालयलाई बुझाएको उनले जानकारी दिए । सोही अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु. ६८ लाख २४ हजार पाँच सय राजस्व संकलन गरेको उपरीक्षक घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस