तनहुँ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका-१ डुम्रे बस्ने भारत मोतीहरी घर भएका २२ वर्षीय श्रवण कुमार रहेका छन् ।
श्रवणले ती किशोरीलाई डर त्रास देखाई असोज १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।