२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्णालीको परिचय बदल्न साझा संकल्प जरुरी छ’ : मुख्यमन्त्री कँडेल

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समग्र प्रदेशको परिचय परिवर्तन गर्न साझा संकल्प र आपसी सहकार्य आवश्यक रहेको बताएका छन् । 

परिवर्तनका लागि युवा संस्थाद्वारा आज प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली युवा महोत्सव’को उद्घाटन कार्यक्रममा उनले कणालीको विकास र समृद्धिका लागि युवाहरूको साथ र संक्ल्पको जरुरी रहेको धारणा राखे । 

उनले भने, “प्रदेश सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल हुन सक्दैन । यसमा युवाको साथ, सहयोग र सहकार्य आवश्यक छ । विगतका महोत्सवभन्दा यसले प्रदेश सरकारलाई नयाँ योजना निर्माणमा मार्गनिर्देशन गर्ने विश्वास छ । सरकारको कार्यसम्पादनमा युवा भएमा कार्य प्रगति उल्लेख हुँदै जानेछन् ।” 

प्रदेश सरकारलाई निश्चित बजेट र स्रोत साधनमा रहेर काम गर्नुपर्ने बाध्यता रहेको जनाउँदै मुख्यमन्त्री कँडेलले सबै पक्षलाई समेटेर लैजाने प्रयास गरिएकाले यसमा युवाको सकारात्मक साथ आवश्यक रहेको धारणा व्यक्त गरे । कर्णालीको विकास पहिलो प्राथमिकता परेको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले व्यवस्था विरोधी चिन्तन नगर्न सबैलाई आग्रह गरे। 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरूलाई आशावादी र सृजनशील भएर उद्यमशील बन्दै जानुपर्ने भन्दै यसमा स्थानी र सरकारको सहयोग सदैव रहने जानकारी दिए । स्थानीय सरकारले गरेका सकारात्मक पक्षलाई उजागर गर्ने र गल्ती कमजोरीलाई सच्याउन आग्रह गर्दै उनले आपसी सहकार्य र समन्वयबाट मुलुक समृद्ध बन्ने विश्वास व्यक्त गरे । 

संस्थाका अध्यक्ष हिमाल विष्टले रोजगारीको अभावमा विदेश पलायन भइरहेका युवाहरूमा आशा जगाउने र उनीहरूलाई देशमा स्वरोजगारका अवसरबारे जानकारी गराउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको जानकारी दिए । 

“हामीले राष्ट्रिय युवा परिषद् नेपालसँगको समन्वयमा सबै क्षेत्रका युवा प्रतिनिधित्व हुने गरी महोत्सवमा सहभागिता गराएका छौँ”, उनले भने, “महोत्सव परामर्श र उत्प्रेरणामूलक हुने विश्वास लिएका छौँ ।” उहाँका अनुसार महोत्सव भोलिसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस