२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमन्त्री बानियाँ र भारतका लागि नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको बागमती प्रदेशका सभापति एवं पूर्वगृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माबीच भेटवार्ता भएको छ ।

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा बुधबार बिहान भएको भेटमा भारतमा रहेका नेपालीहरूका समस्या र समाधानका विषयमा छलफल भएको बानियाँको सचिवालयले जनाएको छ ।

भेटवार्तामा भारतमा बसेर व्यवसाय गरिरहेका व्यवसायीहरूको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि आउँदा ब्योहोर्नुपरेका समस्या बारेमा नेता बानियाँले चर्चा गर्दै समस्या समाधान लागि पहल गर्न राजदूत डा। शर्मालाई आग्रह गरेका थिए ।

यस्तै, पूर्वमन्त्री बानियाँले भारतमा कार्यरत नेपाली मजदुर तथा विभिन्न व्यवसाय गरी बसेका नेपालीहरूलाई स्वास्थ्य बीमाको प्रक्रियामा सामेल गराउने सम्बन्धमा पनि पहल गर्न आग्रह गरेका थिए ।

भेटवार्तामा राजदूत डा. शर्माले नेपाल र भारतबीच गहिरो मित्रता रहेकाले भारत सरकारबाट नेपालीहरूको स्वास्थ्य उपचारमा आवश्यक सहयोग पाइरहेको बताएका थिए । उनले समस्यामा परेका नेपालीलाई राजदूतावासले भारत सरकारसँग आवश्यक समन्वय गरेर सहजीकरण गरिरहेको जानकारी गराएका थिए ।

छलफलमा नेता बानियाँसहित काँग्रेस बागमती प्रदेश कानुन तथा संसदीय मामिला विभाग प्रमुख सानुकान्छा श्रेष्ठ, राजदूतावासका सहसचिव सुरेन्द्र थापा, श्यामराज पाण्डे, अर्जुन धरेललगायत विभिन्न अस्पतालमा उपचाररत बिरामीका आफन्त तथा व्यवसायीहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस