२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने

अ+ अ-

काठमाडौँ । पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल बार एसोसिएसनले आज पत्रकार सम्मेलन गरी उक्त सम्मेलन हुन लागेको र सम्मेलनमा ल एसियाका सदस्य तथा गैर सदस्यहरू समेत गरी ३६ बढी देशका तीन सय बढी प्रतिनिधिहरू सहभागी हुने जनाएको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले सम्मेलनले एसिया क्षेत्रका कानुन व्यवसायीहरुबीच संवाद, सहकार्य गर्ने र त्यसका लागि सञ्जाल निर्माण गरी नेपालको मानव अधिकार संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

‘ल एसिया’ एसिया प्रशान्त क्षेत्रका ३६ भन्दा बढी देशको कानुन व्यवसायी, न्यायाधीश, विज्ञ र कानुन व्यवसायीको पेसागत संस्थाहरूको एक प्रमुख क्षेत्रीय संघ हो । यसले एसिया प्रशान्त क्षेत्रभरको कानुनी पेसाको सरोकारका पक्षमा वकालत गर्दछ । यो संस्थाले ५० वर्षभन्दा बढी समयदेखि कानुनी ज्ञानको अन्तरदेशीय आदान–प्रदान प्रवर्द्धन र कानुनी पेसाको हकहितका लागि आवाज मुखरित गर्दै आएको छ ।

नेपाल बार एसोसिएसनको आतिथ्यमा काठमाडौँमा हुने उक्त सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने विशेष अतिथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत रहने आयोजकले जनाएको छ । 

सम्मेलनमा खासगरी मानव अधिकार, वातावरणीय न्याय, र आदिवासी जनजाति तथा समुदायका अधिकारहरूसमेत गरी १४ वटा विषयगत सत्र सञ्चालन हुने सम्मेलनका सदस्यसचिव अधिवक्ता बाबुराम अर्यालले जानकारी दिए ।

विषयगत सत्रहरूमा ‘डिजिटल’ युगमा मानव अधिकार (मानव अधिकार ट्र्याक), एसिया प्रशान्त क्षेत्रमा मानव अधिकार सुनिश्चित गर्न न्यायपालिकाको भूमिका, आदिवासी जनजातिहरू विरुद्धको हिंसा र भेदभावको संरक्षण, सङ्क्रमणकालीन न्यायमा मानव अधिकार, वातावरणीय अधिकार र विकासको सन्तुलन, मानव अधिकारको संरक्षणमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय मानव अधिकार संस्थाहरूको भूमिकालगायत रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस