३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकको गर्‍यो तीन बैंकलाई कारबाही

अ+ अ-

काठमाडौँ  । राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले प्रभु बैंक, हिमालय बैंक र एनआइसी एसिया बैंकलाई कारबाही गरेको हो।

सञ्चालकको पद रिक्त भए अर्को वार्षिक साधारण सभा नभसम्मको लागि सञ्चालकको नियुक्ति सञ्चालक समितिबाट गर्न सकिने व्यवस्था भए पनि प्रभु बैंकले यसरी नियुक्ति गरिएको सञ्चालकलाई नै साधारण सभाबाट अनुमोदन गराएर निरन्तरता दिइएको भन्दै सचेत गराएको हो।

सर्वसाधारण सञ्चालकको पदावधि सकिए पनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफू अनुकूल व्याख्या गरेर बैंकले प्राप्ति (एक्विजिसन) को मितिबाट सञ्चालकको पदावधि गणना गरेको पाइएको हो। राष्ट्र बैंकले ती सञ्चालकलाई हटाउन भनिसकेको छ।

पुँजी कोष पर्याप्तता अनुपात गणनाको क्रममा प्राथमिक पुँजीबाट घटाउनु पर्ने रकम नघटाएको, केही कर्जाहरूमा कम जोखिमभार देखाएको भन्दै राष्ट्र बैंकले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो।

एनआइसी एसिया बैंकले आफ्ना सञ्चालक र तिनका परिवारका सदस्य, सम्बद्ध संस्थाहरूलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज दिएको, पुरानो मिति राखेर समेत यस्तो खातामा ब्याज दिइएको पाइएको हो।

राष्ट्र बैंकले यसरी बढी दिएको ब्याज बैंकले फिर्ता पाउने व्यवस्था गरेको थियो।

त्यस्तै, स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभार सम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना नगरेको समेत पाइएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

बैंकलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी, ब्याजदर र पुँजीकोष र जोखिमभार सम्बन्धी निर्देशन कार्ययोजना बनाएर लागु गर्न निर्देशन दिएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरूलाई राष्ट्र बैंकले नसिहत दिएको छ। 

हिमालयन बैंकले भाका नाघेका कर्जा अनुसार वर्गीकरण नगरेको पाइएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृतलाई समेत राष्ट्र बैंकले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस