१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

अ+ अ-

खजुरा (बाँके) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यस वर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो । 

गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले पुस १९ गतेसम्म दुई महिनाको समय अवधिमा ३२ हजार २६ दशमलव ०८ क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख रामशरण लामिछानेले बताए । 

उनले भने,“पुस १९ गतेपछि किसान आउन छोड्नुभएको छ, धेरै किसानले धान बिक्री गरिसक्नुभयो, अब यस वर्षको धान खरिद लगभग यति नै होला ।” “हामीले लक्ष्य लिएअनुसार मोटा धानको कोटा पूरा गर्न सकेनौँ, मध्यम धानको भने कोटा लगभग पूरा भयो, माग गरे अनुसार र सोचे अनुसार मोटा धान आएन तर मध्यम धान भने माग अनुसार आयो र हामीले खरिद गर्यौँ,” उनले भने । 

गत पुस १९ गतेपछि किसान आउन छाडेको, फोन पनि नगरेको तथा सम्पर्कमा नआएका कारण यस वर्ष बाँकेमा धान खरिद कार्य लगभग सकिएको उनले बताए । 

बाँकेका किसान पछिल्लो समयमा मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उनले बताए । गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको थियो । 

मोटा धानको मूल्य रु तीन हजार चार सय १० रुपियाँ ५१ पैसा र मध्यम धानको रु तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम् समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार यस वर्ष मोटा धान रु दुई करोड ६१ लाख दुई हजार एक सय ३३ रुपियाँ ६५ पैसा र मध्यम धान रु आठ करोड ७२ लाख ६९ हजार, एक सय ६२ रुपियाँ २३ पैसा गरी कूल रु ११ करोड ३३ हजार ७१ लाख २९५ रुपियाँ ८८ पैसाको धान खरिद गरिएको हो । 

धान बिक्रीका लागि जिल्लाका छ सय ७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराए पनि पाँच ६८ जना किसान र पाँच वटा सहकारी संस्थामार्फत बिक्री गर्न ल्याइएको धान खरिद गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस