१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा सूचना अधिकारीहरू सूचना व्यवस्थापनमा सक्रिय बन्दै

अ+ अ-

डोटी । डोटीमा सूचना अधिकारीहरू पछिल्लो समयमा सूचनालाई व्यवस्थापन गर्न सक्रिय बन्दै गएका छन् । 

जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार प्रशासन कार्यालयमा आयोजना गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरूको बैठकमा सहभागी सूचना अधिकारीहरूले सूचना व्यवस्थापनको कार्यमा क्रमशः नयाँ नयाँ अभ्यासको सुरुवात गरेको बताएका थिए । 

कार्यालयले त्रैमासिक रूपमा स्वतः प्रकाशन गर्नु पर्ने सूचना पहिलो पटक प्रकाशन गरेको बताउँछन् दिपायल सिलगढी नगरपालिकाका सूचना अधिकारी डिल बहादुर महरा ।  उनले भने, ‘मैले पहिलो पटक स्वतः प्रकाशन गर्नुपर्ने सूचना प्रकाशन गर्न मलाई धेरै चुनौती रह्यो बल्ल तल्ल प्रकाशन गर्न सफल भए ।’ सूचना व्यवस्थापन बारे क्रमशः सिकाई को चरणमा रहेको समेत महरा बताउँछन् । 

सूचना व्यवस्थापन बारे खासै जानकारी नहुँदा व्यवस्थापनमा असहजता हुने गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका कोष नियन्त्रक तेज बहादुर बोहराले बताए । उनले भने, ‘हामी सूचना व्यवस्थापन बारे नयाँ सिकाइमा छौ त्यसैले पनि अहिले हामीलाई अन्योल भएपछि बिस्तारै सहजता आउँछ ।’ 

कार्यालयले त्रैमासिक रूपमा स्वतः प्रकाशन गर्नुपर्ने सूचनाहरू प्रकाशनको तयारीमा रहेका समेत बताए । 

बैठकमा सहभागी अधिकांश सूचना अधिकारीहरूले पछिल्लो समयमा सूचना व्यवस्थापन बारेमा छलफल हुँदा आफूहरूलाई सूचना व्यवस्थापनमा सहज बन्दै गएको बताए । जिल्लामा रहेका केही कार्यालयहरूले मात्र त्रैमासिक रूपमा स्वतः प्रकाशन गर्नुपर्ने सूचनाहरू प्रकाशनको सुरुवात गरेको भए पनि धेरै कार्यालयहरू सुरुवातको चरणमा रहेका छन् ।

कार्यक्रममा सञ्चारकर्मीहरूले सार्वजनिक निकायहरूले स्वतः प्रकाशन गर्नु पर्ने सूचना नियमित प्रकाशन भइदिए आफूहरूलाई पनि सूचना पाउन सहज हुने बताएका थिए । 

सूचना अधिकारी र सञ्चारकर्मीहरूको बिचमा मासिक रूपमा बैठक सञ्चालन गर्दा सूचना व्यवस्थापनमा सुधार भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले भने, ‘सुरु सुरुमा सूचना अधिकारीहरूलाई सूचना व्यवस्थापन बारे पूर्ण जानकारी थिएन पछिल्लो समयमा नियमित छलफल हुँदा सूचना व्यवस्थापनमा सहजता हुँदै गएको छ ।’ 

पछिल्लो समयमा केही कार्यालयका सूचना अधिकारीहरूले त्रैमासिक रूपमा स्वतः प्रकाशन गर्नुपर्ने सूचनाहरू प्रकाशन गरेका छन् । सूचना अधिकारीको फ्ल्यास बोर्डमा नाम नम्बर सहितको व्यवस्था गरेका छन् सूचना माग गर्नेलाई उपलब्ध गराउने, वेबसाइटलाई अद्यावधिक गर्ने लगाएका कार्यमा तीव्रता दिँदा सूचना व्यवस्थापनमा सजिलो हुँदै गएको समेत प्रजिअ जोशीले बताए ।

प्रजिअ जोशीले सूचना अधिकारीको बैठकमा छलफल भएका विषय बस्तुको बारेमा सूचना अधिकारीहरूले आ–आफ्नो कार्यालयमा पूर्ण कार्यान्वयन गर्नुका साथै आगामी दिनमा बैठकमा आउँदा पूर्ण तयारीका साथ आउनु निर्देशन समेत दिएका थिए । 

प्रतिक्रिया दिनुहोस