Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ओलीलाई माधवको प्रश्न-संविधान संशोधन गर्न ०८७ सम्म प्रधानमन्त्रीमा टिकाइराख्नुपर्ने ?


४ माघ २०८१, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन्।

विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुन्छ भनेकोप्रति आपत्ति जनाए।

उनले भने, ‘अहिले सरकारको काम र क्रियाकलाप सन्तोषजनक छैन। सबै क्षेत्रमा यसको काम अत्यन्तै अलोकतान्त्रिक छ। संविधानलाई पूर्ण रूपमा बेवास्ता गरेको छ। संविधान संशोधन गर्नेजस्तो विषयमा अरू कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन, अब ०८७ सम्म कुर्नुपर्ने ? यो सरकारलाई २०८७ सम्म टिकाइराख्नु पर्‍यो ? प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने ? यसको जवाफ दिनुपर्‍यो ।’

उनले ओली सरकारले जनतालाई सुशासन दिन नसकेको पनि दाबी गरे।

Tags :
प्रतिक्रिया दिनुहोस