१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई बनाउन प्रस्ताव

अ+ अ-

काठमाडौँ। सांसदहरूले विश्वविद्यालयको कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई बनाउन प्रस्ताव गरेका छन् । 

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रबार ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, माथि संशोधनकर्तासँग भएको छलफलमा सांसदहरुले कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई बनाउन प्रस्ताव गरेका हुन् ।

विधेयकको दफा २१ मा विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री तथा दफा २२ मा सहकुलपतिमा शिक्षामन्त्री चयन हुने उल्लेख छ ।

संशोधनकर्ता सांसद माधव सापकोटाले भने, ‘कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई चयन गर्नु बढी प्रभावकारी हुन्छ । विदेशमा प्राज्ञिक व्यक्तिले नेतृत्व गरेका विश्वविद्यालयले सफलता हासिल गरेका छन् ।’

प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालयको संरक्षक राख्नुपर्नेमा प्रस्ताव उनको छ । सांसद सापकोटाले विधेयकको दफा ४७ मा सिट संख्या निर्धारण र विद्यार्थी भर्ना सम्बन्धी संशोधन माग गर्दै शहीद परिवार, बेपत्ता पारिएका, जनयुद्ध, जनआन्दोलन तथा विभिन्न आन्दोलनका घाइते तथा अपांग, पछाडि परेकालाई निश्चित कोटाको व्यवस्था गरी छात्रवृत्ति दिनुपर्ने विषय समावेश गर्न आग्रह गरे ।

सांसद नारायणी शर्माले पनि प्रधानमन्त्रीलाई संरक्षकका रूपमा राखिनुपर्ने प्रस्ताव राखिन् । ‘प्रधानमन्त्री देशको अभिभावक हो । उहाँले विश्वविद्यालयलाई समय त्यति दिन सक्नुहुन्न । त्यसैले कुलपति होइन संरक्षकका रूपमा राख्न उपयुक्त हुन्छ,’ उनले भनिन् ।

त्यसैगरी संशोधनकर्ता सांसद चन्द्रबहादुर विश्वकर्माले संविधानको मर्मलाई विधेयकले सम्बोधन नगरेको भन्दै संशोधन गर्नुपर्ने बताए । ‘संविधानमा आर्थिक, सामाजिक र शैक्षिक रूपले पछाडि पारिएका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, लैंगीक तथा यौनिक अल्पसङ्ख्यकलगायत समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिता गराइने भनेर स्पष्ट पारेको छ । त्यसैले यी दफाहरूमा संशोधनको आवश्यकता देखिन्छ,’ उनले भने ।

सांसद दुर्गा राईले विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्रीलाई चयन गर्नुभन्दा शिक्षा तथा स्वास्थ्यसम्बन्धी विज्ञ राख्नुपर्ने सुझाव राखिन् । अब समितिको आगामी बैठकमा विधेयकमाथि दफावार छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस