काठमाडौँ । यसवर्षको प्रतीक्षित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को एक्सक्लुसिभ प्रिमियर गरिएको छ । बानेश्वरस्थित आइएनआईको हल एनबी सेन्टरमा प्रिमियर गरिएको छ ।
हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको शोको छैटौँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ । प्रसारणको पूर्वसन्ध्यामा आयोजित प्रिमियर समारोहमा सम्बद्ध व्यक्तिहरू सहभागी रहेका थिए ।
हिमालय टिभी एचडीका अध्यक्ष धर्मराज भुसाल, निर्देशक श्याम कँडेल, कोचहरू राजु लामा र खेम सेन्चुरी, होस्ट सुशील नेपाल र निर्देशक लक्ष्मण पौडेल प्रिमियरमा सहभागी थिए ।