२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वकिलमाथि कुटपिटको विरोधमा कानुनका विद्यार्थी सडकमा

अ+ अ-

काठमाडौँ। बुधबार जिल्ला अदालत, काठमाडौँ परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि दुर्व्यवहार भएपछि कानुन अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदा बुधबार त्रिपाठीमाथि दुर्व्यवहारको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘कानुन व्यवसायीलाई कुट्न पाइँदैन, मुद्दा लड्नु कानुन व्यवसायीको पेसागत धर्म हो, निलो क्रान्ति होइन स्वतन्त्र न्यायालय चाहियो, यो आक्रमण अदालतमाथिको चमाटा हो, यस्ता आक्रमणले कानुन व्यवसायीलाई कमजोर बनाउँछलगायतका नारा लगाउँदै प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए । रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।

दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आजै प्रहरी वृत सिंहदरवारमा प्रहरी कहाँ किटानी जाहेरी दिइसकेका छन् ।

अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस