Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु


३ माघ २०८१, बिहिबार


पथरी (मोरङ) । यहाँको पथरीशनिश्चरे-८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल मैदान निर्माण गर्न वुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ । करिब दुई बिघा क्षेत्रफलमा उक्त खेलमैदान निर्माण सुरु गरिएको हो ।

खेल मैदान निर्माणका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । छिटो निर्माण सम्पन्न गरी प्रतियोगिता गराउने लक्ष्य रहेको सो वडाका वडाध्यक्ष नवीनजङग कार्कीले बताए । उक्त मैदानलाई विद्यालयलेसमेत प्रयोग गर्न मिल्ने उनको भनाइ छ ।

खेलमैदान निर्माणमा प्रभात सामुदायिक क्लबले पनि सहयोग गरिरहेको क्लबका उपाध्यक्ष किसन राईले बताए । वडाले पनि खेल मैदानका लागि बजेट विनियोजन गर्ने तयारी गरिरहेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।  

यस क्षेत्रबाट ‘ए’ र ‘बी’ डिभिजन लिग फुटबल खेल्ने खेलाडी उत्पादन भइसकेका छन् । खेल मैदान राम्रो भएमा अझ फुटबलमा उपलब्धि हासिल गर्न सकिने मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जीव बुढाथोकी बताए । 

वडाको सक्रियतामा बन्न लागेको सो रङ्गशालाको पूर्णतापछि पथरीशनिश्चरे नगरपालिकामा खेल मैदान अभाव नहुने पूर्व राष्ट्रिय खेलाडी तथा पथरीशनिश्चरे नगर खेलकुद संयोजक दीपक राई बताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस