१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजामा युद्ध विराम र इजरायली बन्धक मुक्त गर्ने सहमति

अ+ अ-

दोहा । इजरायल र हमासबीच युद्ध विराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ । कतार र संयुक्त राज्य अमेरिकाले गाजा युद्ध विरामबारे बुधबार घोषणा गर्दै यसले गाजामा जारी युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले बुधबार एक पत्रकार सम्मेलनमा गाजा पट्टीका दुई लडाकूबीच सम्झौता भएको र उनीहरुबीचको युद्ध विराम आइतबारदेखि लागू हुने बताएका छन् । उनले भने, “हामी आशा गर्दछौँ कि यो युद्धको अन्तिम चरण हुनेछ । सबै पक्षहरू यस सम्झौताका सबै सर्तहरू कार्यान्वयन गर्न प्रतिबद्ध हुनेछन् भन्नेमा हामी पूर्णतया विश्वस्त छौँ।”

मध्यस्थताकर्ताहरूले सम्झौता भएको बताएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सम्झौताका ‘अन्तिम विषयमा’ मा काम भइरहेको बताएको छ । नेतन्याहूले बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरी सम्झौतामा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सन् २०२३ को अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणका क्रममा बन्धक बनाइएकाहरूलाई फिर्ता ल्याउनका लागि यो सम्झौता ‘सही कदम’ भएको बताएका छन् ।

इजरायलको इतिहासमै सबैभन्दा घातक उक्त आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो ।

हमास आक्रमणको बदलामा इजरायलले गाजामा चलाएको कारबाहीमा गाजाको अधिकांश भाग ध्वस्त बनेको छ भने कारबाहीका क्रममा ४६ हजार ७०७ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ । मृतकमध्ये अधिकांश सर्वसाधारण रहेका छन् ।

गाजाको नागरिक सुरक्षा निकायले सम्झौताको घोषणापछि इजरायली आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको जनाएको छ।

यसैबीच बाइडेनले यो दिन आएकोमा आफू निकै सन्तुष्ट रहेको बताउँदै वार्तालाई आफ्नो करियरको ’सबैभन्दा कठिन’ भएको बताएका छन् ।

उनले सम्झौताको दोस्रो चरणको सम्झौताले ’युद्धको स्थायी अन्त्य’ गर्ने बताउँदै सम्झौता हुनेमा आफू विश्वस्त रहेको बताए ।

बन्धकहरूको रिहाइको माग गर्दै तेल अभिभमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूले सम्झौताको समाचार सुनेपछि आपसमा अँगालो हाल्दै खुसी व्यक्त गरेका थिए भने गाजामा पनि हजारौँले सम्झौतापछि खुसीयाली मनाएका थिए।

“म विश्वास गर्न सक्दिन कि एक वर्ष भन्दा बढीको यो दुःस्वप्न अन्ततः समाप्त हुँदैछ। हामीले धेरै मानिस गुमाएका छौँ, हामीले सबै कुरा गुमाएका छौँ” गाजा सहरमा आफ्नो घरबाट विस्थापित ४५ वर्षीया रन्डा समीहले भने ।

हमासले युद्ध विराम ‘हाम्रा महान् प्यालेस्टाइनी जनताको महान् दृढता र गाजा पट्टीमा हाम्रो बहादुरीपूर्ण प्रतिरोधको परिणाम’ भएको बताएको छ ।

मध्यस्थताकर्ता कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले सम्झौतालाई मजबुत बनाउने प्रयासलाई तीव्र बनाएपछि पछिल्ला दिनहरूमा युद्ध अन्त्य गर्न दबाब बढेको थियो।

कतारका शेख मोहम्मदले कायरोस्थित एक निकायमार्फत तीनै देशले युद्ध विराम कार्यान्वयनको अनुगमन गर्ने बताए।

प्रतिक्रिया दिनुहोस