Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

केन्द्रित दलहरू पुनः एक ठाउँमा उभिने प्रयासमा


१ माघ २०८१, मंगलबार


काठमाडौँ। संविधान संशोधनको चर्चा चल्न थालेपछि केन्द्रित दलहरू पुनः एक ठाउँमा उभिने प्रयासमा जुटेका छन् । मधेशका मुद्दामा साझा धारणासहित मोर्चा बनाउने केन्द्रित दलहरूको तयारी छ ।

त्यही तयारीस्वरुप मंगलबार विभिन्न ६ दलका नेताहरूको बैठक बस्यो । मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गर्ने एजेन्डासहित बसेको बैठकले ठोस निर्णय भने लिएन । तर, गठबन्धन घोषणा गर्नुअघि आआफ्ना दलभित्र गम्भीर छलफल चलाउने समझदारीमा पुगेको नेताहरूले जानकारी दिए ।

आ-आफ्ना दलमा थप छलफलको आवश्यकता महसुस गरेका नेताहरूले भने, ‘लामो समयदेखिको संवादहीनताको अवस्था तोडिएको छ । अब आआफ्ना दलभित्र गम्भीर छलफल गरेर अर्को बैठक बस्नेछौँ ।’

जनप्रगतिशील पार्टीका नेता शिवजी यादवले मोर्चा निर्माणलगायतका विषयमा ठोस निर्णय गर्नुअघि आ-आफ्नो दलमा छलफल गर्ने र टीओआर बनाउने समझदारी मंगलबारको बैठकले गरेको जानकारी दिए । ‘टीओआरका बारेमा सबै दलले होमवर्क गर्ने कुरा भएको छ । अर्को बैठकमा टीओरआरबारे छलफल हुन्छ,’ यादवले भने ।

साझा धारणा तय गर्नका लागि पहिले आ–आफ्नो दलमा छलफलको आवश्यकता महसुस भएको उनले बताए । यादवका अनुसार साझा धारणा तय गरिसकेपछि सबै दलका प्रमुख नेताको उपस्थितमा गठबन्धन घोषणा गर्ने तयारी छ ।

समान धारणा भएका दलहरू एकै ठाउँमा आउनुपर्ने विचार बैठकमा प्रस्तुत भएको जनमतमा प्रवक्ता शरदसिंह यादवले बताए । बैठकमा नागरिक उन्मुक्ति पार्टीलाई पनि आमन्त्रण गर्नुपर्ने विषयमा छलफल भएको जनमतका प्रवक्ता यादवले जानकारी दिए । संविधान संशोधनको चर्चा र संसद् छलेर सरकारले ल्याइरहेको अध्यादेशलगायतका विषयमा सामान्य छलफल भएको यादवले जानकारी दिए ।

राष्ट्रिय मुक्ति पार्टी नेता केशव झाले संवादहीनताको अवस्थालाई अन्त्य गर्नुपर्नेमा सबै दल सहमत देखिएको प्रतिक्रिया दिए । अब बस्ने बैठकले सहकार्य गर्नका लागि आवश्यक अवधारणा तयार गर्ने झाले बताए ।

बैठकको संयोजन हृदयेश त्रिपाठी नेतृत्वको जनप्रगतिशील पार्टीले गरेको थियो । त्यसोतः त्रिपाठी केही महिनायता केन्द्रित दलहरूलाई एक ठाउँमा ल्याउन प्रयासरत छन् । यस क्रममा उनले विभिन्न दलका विभिन्न तहका नेताहरूसँग पटक-पटक संवाद गरिसकेका छन् ।

सोही प्रयास स्वरूपमा केन्द्रित दलहरूले कार्यगत एकताका लागि आआफ्ना कार्यदल बनाएर छलफल चलाइरहेका छन् । मंगलबार कार्यदलमा रहेका नेताहरूबीच छलफल भएको हो । बैठकमा जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा, लमलोपाका नेताहरू सहभागी भएका थिए ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने बैठकमा सहभागी भएन । बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सहभागी थिए ।

मधेशकेन्द्रीत दलहरूबीच टुटेको संवादको कडी जोड्न जसपाले रेणु यादव र इस्तियाक राई, जसपा नेपालले राजकिशोर यादव, लोसपाले जीतेन्द्र सोनल र सुरेन्द्र झा, जनमत पार्टीले अब्दुल खान, शरद यादव, जनप्रगतिशील पार्टीले शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीले केशव झा र तमलोपाले वृषेशचन्द लाललाई जिम्मेवारी दिएको छ ।

केन्द्रित मुद्दाहरूमा एकजुट भई राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले कार्यदलले काम गरिरहेको दलहरूले जनाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस