२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वस्थ जीवनका लागि योग शिक्षामा मन्त्री भट्टराई र पौडेलको जोड 

अ+ अ-

काठमाडौँ । दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ यस वर्ष राष्ट्रिय योग दिवस मनाइएको हो । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा नेपाल प्रज्ञा(प्रतिष्ठानमा योग दिवसको मूल कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा शिक्षा मन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढ्न सके मुलुकलाई समृद्धितर्फ अघि बढाउन सकिने बताइन् । हरेक व्यक्ति आफैँ जागरूक हुनुपर्ने र त्यसका लागि योग(अध्यास जरुरी रहेको उनको भनाइ छ ।

योगका विषयमा पाठ्यक्रम बनाएपछि यसलाई कक्षा कोठा र विद्यार्थीसँग जोड्न बाँकी रहेको भन्दै मन्त्री भट्टराईले अब कक्षा कोठा र विद्यार्थीलाई समेत योगसँग जोड्ने गरी अघि बढ्ने संकल्प गरिन् ।

त्यस्तै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले योग शिक्षालाई प्रभावकारी बनाउँदै यसलाई प्रभावकारी रूपमा लागू गर्ने गरी अघि बढ्नुपर्ने धारणा राखे । नयाँ स्वास्थ्य संस्थाको जग खन्नुभन्दा भएका स्वास्थ्य संस्थालाई व्यवस्थित गर्नेमा ध्यान केन्द्रित गरेको उनले सुनाए ।

भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने योग दिवसले कीर्तिमान कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस