काठमाडौँ । १३ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
लोक सेवा आयोगको सिफारिस अनुसार २०८१ पुष २९ गते बसेको बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकनद्वारा हुने नेपाल वन सेवा, नेशनल पार्कस एण्ड वाइल्ड लाइफ समूहतर्फ रिक्त उपसचिव पदमा १ जना, नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहतर्फ ८ जना, नेपाल शिक्षा सेवा, पुरातत्त्व समूह, पुरातत्त्व उपसमूहतर्फ १ जना र नेपाल विविध सेवा, सूचना प्रविधि निर्देशक समूहतर्फ ३ जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
