१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी संगठन विस्तार र निर्माणलाई तीव्रता दिने रास्वपा सुदूरपश्चिमको निर्णय

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमले पार्टी संगठन विस्तार र निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ ।

२७ र २८ पुसमा बसेको रास्वपा सुदूरपश्चिमको बैठकले पार्टीलाई वडा र स्थानीय तहका अधिवेशन केन्द्रित गरेर संगठन निर्माणमा तीव्रताका साथ अघि बढ्ने निर्णय गरेको प्रदेश महामन्त्री तथा प्रवक्ता सन्तोषराज जोशीले जानकारी दिए ।

जोशीले पार्टीको महाधिवेशनलाई समयमै सम्पन्न गर्न पालिका र वडा समितिहरू गठनमा तीव्रता दिने, वडा अधिवेशनलाई प्राथमिकताका साथ सम्पन्न गर्ने निर्णय गरिएको बताए ।

उनका अनुसार बैठकले संगठन सुदृढीकरणका लागि तहगत संरचना बलियो बनाउने, गठित समितिहरूलाई प्रभावकारी बनाउने र पार्टीका सिद्धान्त र मूल्यमा आधारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

सामाजिक सेवामा आधारित संगठन निर्माण अभियानलाई तीव्रता दिने, संगठनका कमी कमजोरीहरूको समीक्षा गर्दै नयाँ रणनीतिसहित अगाडि बढ्ने विषयमा पनि सहमति भएको जोशीले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष इन्जिनियर प्रकाश विष्टको सभापतित्वमा सम्पन्न भएको बैठकमा केन्द्रिय विभाग, प्रदेश विभाग र पालिका सभापति समेत सहभागी थिए ।

बैठकमा पार्टी संगठन विस्तार अभियानअन्तर्गत प्रदेशका नौ वटै जिल्लाका भेला समीक्षा गर्दै जिल्ला सभापतिले प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस