२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

अ+ अ-

चितवन । पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् ।

बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।

गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यस पटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चरा विज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गंगाचिल र राजा गंगाचिल देखिएका हुन् । गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपालि पनि भेटिएको उनले बताए । गत वर्ष ५३ प्रजातिका चरा देखिएका थिए ।

यस वर्ष लोथरबाट दरै बोटे ताल, गैडहवा (जिन्दगानी घाट)बाट सौराहा घाट, सौराहा घाटबाट कसरा पुल, तमोर ताल, लामी ताल, बीस हजार ताल र यससँग सम्बन्धित ताल भण्डारा माछापोखरी, बुढी राप्ती ढुंगरे खोला, पटना ताललगायत पूर्वी चितवनको सिमसारमा गरिएको थियो । बिडारीले दुई दिन भएको गणनामा सात हजार एक सय ५० चरा समावेश भएको जानकारी दिए । तीमध्ये चार हजार एक सय सात चखेवाचखेवी रहेको उनले बताए ।

अघिल्लो वर्ष सात हजार पाँच सय १७ चरा समावेश भएका थिए । अघिल्लो वर्षभन्दा चखेवाचखेवीको सङ्ख्या घटेको हो । अघिल्लो वर्ष चार हजार तीन सय चार भेटिएको उनले बताए । सौराहा घाटबाट कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन् । यस्तै, लोथरबाट जिन्दगानी घाटसम्म दुई, जिन्दगानी घाटबाट सौराहा घाटसम्म २५, बीस हजार तालमा ३०, बुढीराप्तीमा २६, ढुंगरे खोलामा २४, मत्यविकास केन्द्रमा १८, लामी तालमा १६, पटना तालमा १२ र तमोर तालमा चार प्रजातिका चरा भेटिएको उनले बताए ।

सात हजार एक सय ५० चरा समावेश हुँदा पानी हाँस मात्र चार हजार एक सय सात वटा समावेश भएको उनले बताए । जलकौवा सानु एक सय १७ र ठूलो चार सय ६० वटा गणनामा समावेश भएका छन् । बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्षसमेत रहेका बिडारीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र बढ्दो मानवीय चहलपहलका कारण जल पन्छीको सङ्ख्या घट्दै गएको बताए । “जलेवा चरा बढेका छन् । चखेवाको सङ्ख्या उस्तै उस्तै छ”, बिडारीले भने ।

प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उनको भनाइ छ । सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ । नेपाललगायत पूर्वी एसियाका ३५ देशमा प्रत्येक वर्ष अङ्ग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ । सोसाइटीले हाल जाडो यामका पानी चरा गणना गरेको हो । चितवनमा छ सय ५२ प्रजाति चरा पाइने उनले बताए । त्यसमध्ये यस वर्ष जिल्लामा एक सय ५९ प्रजाति भेटिए । पानीमा मात्र आश्रित ५५ प्रजाति रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस