काठमाडौँ । पेप्सी उत्पादक कम्पनी बरुण बेभरेज (नेपाल) प्रा. लि. ले नक्कली बिजक कारोबार गर्न २९ वटा फर्म खडा गरेको खुलेको छ। स्थायी लेखा नम्बर ३०००४५४९५ रहेको यस कम्पनीले मालसामान खरिद(बिक्री नगरी नक्कली बिजक जारी गरी राज्यलाई कर छली गरेको भेटिएको हो।
राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली कर विवरण तयार गरी मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र लाभांशकर छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागका अनुसार नक्कली विजक कारोबारको कुल रकम ७१ करोड ४० लाख ५५ हजार ५३० रुपैयाँ रहेको छ।
यसमा भ्याटतर्फको २५ करोड ३४ लाख ६ हजार ९४० रुपैयाँ, आयकरतर्फ ३५ करोड ५८ लाख ३९ हजार ८१ रुपैयाँ र लाभांशकरतर्फ ६ करोड ८९ लाख १८ हजार ५४१ रुपैयाँ बिगो माग दाबी गरिएको छ। यी रकममा कर, जरिवाना, दस्तुर र ब्याजसमेत समावेश छ।
बरुण बेभरेजले खडा गरेका २९ फर्महरूमार्फत नक्कली विजक जारी गर्दै राज्यलाई करोडौँ रुपैयाँ बराबरको आर्थिक नोक्सान पुर्याइएको पाइएको छ।
नक्कली बिल बिजक बनाउन खडा गरिएका फर्म :

*यसअघि प्राविधिक कारणवस फरक तथ्याङ्क पर्न गएकोले थप अपडेट गरिएको छ ।