काठमाडौँ । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा एकै परिवारका दुई दिदी बहिनी नै घरभित्र मृत फेला परेका छन् ।
बुधबार बिहान तीन वर्षकी करिष्मा राना र छ महिनाकी रागवी राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना रोजगारीका लागि नुवाकोटमा बस्ने गरेका थिए ।
घटना शंकास्पद देखिएको भए पनि अन्य विवरण खुलिनसकेको छैन । कसरी घटना भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।