काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ परेका छन्।
रुपन्देही शुद्धोधन गाउँपालिका-५ मानपकडीका ६३ वर्षीय झिन्ना थारु चौधरीलाई इलाका प्रहरी कार्यालय पछिया, रुपन्देहीबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चौधरीले कर्तव्य ज्यान मुद्दामा फरार भइ हालसम्म लुकिछिपी बस्दै आएका थिए ।
हाल पक्राउ परेका चौधरीलाई रुपन्देही जिल्ला अदालतमा दाखिला गरेको प्रहरीले जनाएको छ ।