काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल कृषि सेवाका ५ जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।
मन्त्रालयले पुस २२ गतेको निर्णयअनुसार नेपाल कृषि सेवा, माटो विज्ञान समूहतर्फ रिक्त उपसचिव पदमा १ जान, भेटेरिनरी समूहतर्फ २ जना र खाद्य पोषण तथा गुण नियन्त्रण समूहतर्फ २ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
