काठमाडौँ । नेपाली काँग्रेस (बीपी)का संस्थापक सभापति‚ संस्थापक महामन्त्री महामन्त्री‚ वरिष्ठ उपसभापति सहितका १२ जना नेताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
संस्थापक सभापति हरिबोल भट्टराईसहित संस्थापक महामन्त्री पुष्पराज पराजुली, वरिष्ठ उपसभापति गोविन्द शर्मा पौडेल, उपसभापति विष्णुप्रसाद ढकाल, उपसभापति गोविन्द परियार, उपसभापति भरतराज शर्मा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
सोमबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा ती नेताहरूसहित नेपाली काँग्रेस बिपीका महामन्त्री भक्तराज भुसाल, सहमहामन्त्री ऋशव भट्टराई, प्रवक्ता शिवप्रसाद सिम्खडा, केन्द्रीय सदस्य यमबहादुर घले, केन्द्रीय सदस्य तथा नेविसंघ बीपी अध्यक्ष अञ्जान लामा र केन्द्रीय सदस्य केशव भट्टराई काँग्रेसमा प्रवेश गरेका हुन् ।