२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजा युद्ध विराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी

अ+ अ-

गाजा । इजरायलले शनिबार गाजा युद्ध विराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ ।

गाजा शहरमा रहेको अल-घौला परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएकै दिन वार्ता सुरु भएको प्यालेष्टिनी प्रहरीले जनाएको छ ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका लागि कतारमा हमाससँग अप्रत्यक्ष वार्ता सुरु भएको पुष्टि गरेका छन् ।

बन्धकमध्येकी एक महिला सैनिक लिरी अल्बागका आफन्तलाई मन्त्रीले ‘बन्धकहरूलाई मुक्त गर्ने प्रयास भइरहेको र वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल शुक्रबार कतारमा पुगेको बताएका छन् ।

काट्जका अनुसार प्रधानमन्त्री बेनाजामिनले ‘वार्ताका लागि विस्तृत निर्देशन’ दिएका छन् ।

हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले गाजामा अल्बागलाई कैदमा राखेको भिडियो सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन् ।

साढे तीन मिनेट लामो रेकर्डिङमा १९ वर्षीया ती युवतीले हिब्रु भाषामा इजरायली सरकारलाई आफ्नो रिहाइका लागि आग्रह गरेको सुन्न सकिन्छ, यद्यपि, भिडियोको आधिकारिकताबारे पुष्टि गर्न नसकिएको एएफपीका स्थानीय संवाददाताले जनाएका छन् ।

भिडियो सार्वजनिक भएपछि अल्बाग परिवारले नेतन्याहूलाई अपिल जारी गर्दै भनेको छ, “गाजामा तपाईँका आफ्नै छोराछोरी बनाइएका छन् भनी युद्ध विराम सम्झौताका लागि निर्णय लिने समय आएको छ।”

हाल गाजामा ९६ जना इजरायली बन्धक रहेका छन्, जसमध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस