काठमाडौँ। नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान सुरु गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान चलाइने जानकारी दिए ।
उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः एक पटक जनताको बीचमा गएर पार्टी रूपान्तरणको प्रक्रियामा पार्टी लाग्ने बताएको जानकारी दिए ।