काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (९) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी १२ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो।
उक्त कम्पनीहरूलाई तीन वर्षदेखि न्यूनतम एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।
कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

