काठमाडौँ । नेकपा (एमाले) बाट निष्कासित भएका नेता डा. भीम रावलले आफूमाथिका आरोप खण्डन गर्ने तयारी गरेका छन्।
एमालेले आफूमाथि लगाएका आरोपको खण्डन बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत गर्ने उनको सचिवालयले जनाएको छ।
रावलले लिखित रूपमै आरोपको खण्डन गर्ने तयारी गरेका छन्। त्यसका लागि उनले ४५ पन्ने दस्तावेज तयार गर्दै गरेको बताइएको छ।
उनले पार्टी घोषणा गर्दैछन्। तर, भोलि नै चाहिँ पार्टी घोषणा नहुने उनका सचिवालयको भनाई छ ।