२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिकले बालबालिकालाई दुना टपरी बनाउन सिकाउँदै

अ+ अ-

स्याङ्जा । ज्येष्ठ नागरिकले आफूमा भएको सीप तथा अनुभव अन्तर पुस्तामा हस्तान्तरण गरेका छन् । फेदी खोला गाउँपालिका-१ का ज्येष्ठ नागरिकले अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्ञान हस्तान्तरण गरेका हुन् ।

सामाजिक विकास कार्यालयको सहयोगमा अन्तर पुस्ता सीप तथा अनुभव हस्तान्तरण गरिएको कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिए । ज्येष्ठ नागरिकले बालगृहमा रहेका ३८ बालबालिकालाई हाम्रो मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले दुना टपरी, बाती कात्ने, बाँसबाट बुनिने डोका तथा डस्टविन बनाउने सीप हस्तान्तरण गरेका उनले बताए ।

“प्रायःजसो पढाइलेखाई र अन्य शैक्षिक गतिविधिमा रहने बालगृहका बालबालिका पुस १४ र १५ गते दुई दिन फरक दृश्यमा देखिए”, उनले भने, “ज्येष्ठ नागरिक आफूले जानेका सीप तथा अनुभव नयाँ पुस्तालाई सिकाउँदै हुनुहुन्थ्यो भने नयाँ पुस्ता अझै उत्साहित भई सीप सिक्न दत्तचित्त भएर लागेको देखिन्थ्यो ।”

बालगृहमा अध्ययनरत ३८ बालबालिका दुई दिनसम्म कोही दुना टपरी बुन्न, कोही ज्योति बाल्न प्रयोग हुने बाती बनाउन त कोही डोको, नाम्लो बुन्दै थिए । ज्येष्ठ नागरिकमा विभिन्न क्षेत्रको अनुभव र सीप रहेकाले त्यसलाई पुस्तान्तरण गर्न सामाजिक विकास कार्यालयले पुलको काम गरेको उनले बताए ।

बालबालिकालाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक र प्रयोगात्मक ज्ञानले भोलिका दिनमा परम्पराको संरक्षणसँगै सीप पुस्तान्तरणमा पनि टेवा पुग्ने अमोर सेवा बालगृहकी सञ्चालिका कमला पराजुलीले बताए । विभिन्न क्षेत्रमा सीप भएका स्थानीय ज्येष्ठ नागरिकले बालबालिकालाई आफूमा भएको सीप सिकाएका थिए ।

“बालगृहमा रहेका बालबालिका हरेक क्षेत्रमा सक्षम रहेको र छोटो समयमै विभिन्न सीप सिक्न सफल भएका छन्”, उनले भने, “बालबालिकाले सिकेका सीपलाई निरन्तरता दिँदै भोलिका दिनमा सीपको उपलब्धिका कारण रोजगारी सृजना हुनेछ ।”

प्रतिक्रिया दिनुहोस