२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत नभएको योगेश भट्टराईको दाबी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत नभएको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको बताए ।

उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना होइन। प्रधानमन्त्रीको चीन भ्रमणमा भएको बिआरआई फ्रेमवर्कमा हस्ताक्षर हुँदा कुन कुन आयोजना गरेका छन् । सबैलाई थाहा भएको छ ।’

सम्झौता हुँदा उल्लेख भएका १० आयोजनाहरू बिआरआई परियोजनामा रेल्व, सडक, शिक्षा र ट्रान्समिसन लाइन लगायत रहेको बताए ।

उनले थपे, ‘१० वटै आयोजनाहरू अनुदानमा हुनुपर्छ भन्ने नेपालको चाहना हो। यसमा स्पष्ट छ । यो परियोजनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छैन । दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलाउनको लागि प्रोत्साहन गर्नुपर्छ । सरकारले केही सहुलियत दिने घोषणा गरेको छ । राजश्वमा समेत छुट दिएको छ ।’

उनले आफूहरू एमसिसी र बीआरआईको पक्षधर भएको बताए । उनले थपे, ‘हामी एमसीसकिो कुरा गर्दा चीनलाई बीचमा ल्याउँदैनौँ । बीआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नुपर्दैन । भारतीय एक्जिम बैंकको पैसा कहाँ लगानी गर्ने भनेर चीनसँग सल्लाह गर्न जाँदैनौँ । यो अहिलेको सरकारको स्ट्याण्डिङ नीति हो ।’

प्रतिक्रिया दिनुहोस