१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेनले भने-तीनकुनेमा सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले तीनकुनेमा रहेको व्यक्तिको जग्गा वर्षौँदेखि सरकारले लुटेर राखेको बताएका छन्।

सरकारले विभिन्न बाहना गर्दै तीनकुनेका जग्गा धनीहरूलाई अहिलेसम्म पनि मुआब्जा नदिएको र मुआब्जा दिने प्रक्रिया नै अघि नबढाएको पनि उनले बताएका हुन्।

‘५० औँ वर्षदेखि समस्या समाधान भएको छैन, उहाँहरूले मुआब्जा पाउनुभएको छैन,’ तीनकुनेभित्रका जग्गा धनीहरूको सहमति र सरस्वती युथ क्लबको सहकार्यमा भएको प्रथम कोटेश्वर महोत्सवमा शुक्रबार बोल्दै मेयर साहले भने, ‘कोही नेताहरूले मुआब्जाको प्रक्रिया अघि बढेको छ भन्नु भयो भने नपत्याउनुहोला, कुनै प्रक्रिया भएको छैन।’

उनले महोत्सव गर्न कार्यक्रम स्थल उपलब्ध गराएकोमा जग्गा धनीहरूलाई धन्यवाद पनि दिएका थिए।

साथै उनले तीनकुनेका जग्गा धनीहरूलाई मुआब्जाका लागि संघीय सरकारले काम अघि बढाउनुपर्नेमा जोड दिए।

नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर बनेको अहिलेको संघीय सरकारलाई दुई तिहाइ सांसदहरूको समर्थन छ। यसतर्फ लक्ष्य गर्दै मेयर साहले भने, ‘यसपालि त दुई तिहाइको सरकार छ तैपनि केही गरेको छैन। कोही नेता घरमा आएर प्रक्रिया अघि बढेको छ भन्नुभयो भने नपत्याउनुहोला, प्रक्रिया केही बढेको छैन। मुआब्जा चाँडै होस् शुभकामना दिन सकिन्छ।’

साथै मेयर साहले एमालेलाई लक्ष्य गर्दै वडा नम्बर ३२ का जनप्रतिनिधिदेखि संघीय सरकार बनाएको पार्टीले चाहेमा मुआब्जा दिन सक्ने पनि बताए। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा एमालेले जितेको थियो।

‘हाम्रो त वडा समिति पनि त्यही, सरकार, प्रधानमन्त्री तथा अर्थमन्त्री पनि सोही पार्टीको,’ एमालेप्रति लक्ष्य गर्दै उनले भने, ‘अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन। स्थानीय सरकारदेखि संघीय सरकारसम्मलाई भन्नुहोला, मलाई पनि भन्नुहोला। हाम्रो उमेरभन्दा पनि बढी भयो यो ठाउँको जग्गा सरकारले लुटेको।’

महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै मेयर साहले नेपालमा उत्पादित सामग्री खरिदबिक्री गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस