काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको छ ।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर नियन्त्रणमा लिएको कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार बिहीबारदेखि रोक्का गरिएको हो ।
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै नियन्त्रणमा लिएको थियो । उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ ।
समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप– निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले भोलिदेखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्ने राष्ट्र बैंकले जनाएको छ ।
सम्बधित समाचार : कर्णाली विकास बैंक समस्याग्रस्त घोषित