काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
बिहीबार आज लोकल गाजर औसत मूल्य प्रतिकेजी ११० रुपैयाँ रहेको छ । रातो आलु ६२.६७ रुपैयाँ, प्याज ६२.६७ रुपैयाँ, मटरकोशा १०५ रुपैयाँ छ भने सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली पनि ५० रुपैयाँमा पुगेको छ । यस्तै, बन्दा लोकल ५० रुपैयाँ, लौका ७५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ८५ रुपैयाँ प्रति केजी तोकिएको छ ।