१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्चायतविरुद्ध लडेको नेतृत्वले पञ्चकै नक्कल गरेको उषाकिरण तिमल्सेनाको टिप्पणी 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले ६ महिना निलम्बनमा परेकी उषाकिरण तिमल्सेनाले पार्टी नेतृत्वविरुद्ध कडा टिप्पणी गरेकी छन् । नेतृ तिमल्सेनाले आफूविरुद्धको कारबाहीप्रति टिप्पणी गर्दै ‘पञ्चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुने’ भनेकी छन् ।

बुधबार बसेको एमाले सचिवालय बैठकले भीम रावललाई पार्टीबाट निष्कासन गर्नुका साथै स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाउनु निर्णय गरेको छ । पार्टीले कारबाही गर्दा नुवाकोटमा पार्टी काममा व्यस्त रहेको उल्लेख गर्दै तिमल्सेनाले बुधबार साँझ सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छन् ।

‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं. १ अन्तरगत शिवपुरी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम थियो, उक्त कार्यक्रम सकेर भर्खर घर आइपुगेको छु’ उनले लेखेकी छन्, ‘तल्लो तहका आम कार्यकर्ता, तिनको लगाव, मेहनत र चासोको अगाध माया लाग्छ ।’

पार्टी नेतृत्वविरुद्ध कटाक्ष गर्दै उनले अगाडि लेखेकी छन्, ‘यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस