काठमाडौँ । बझाङमा एथलेटिक्स प्रशिक्षक तथा रेफ्री तालिम सञ्चालन हुने भएको छ । बझाङ जिल्ला खेलकुद समितिको आयोजनामा एथलेटिक्स प्रशिक्षकका लागि प्रशिक्षण तथा रेफ्री तालिम सञ्चालन हुन लागेको हो ।
यहीँ पौष १४ गते देखि २० गते सम्म एथलेटिक्स प्रशिक्षकका लागि प्रशिक्षण तथा रेफ्री तालिम सञ्चालन गर्न लागेको जिल्ला खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकायाले जानकारी दिए ।
