२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंक खाताबाट ३ करोड ५१ लाख रुपैयाँ चोरी

अ+ अ-

काठमाडौँ । एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख ५० हजार ३०० रुपैयाँ चोरी गरेको छ । कम्पनीको बैंकिङ प्रणाली ह्याक गरी खाताबाट पैसा चोरी भएको एफवान कम्पनीले जनाएको हो ।

एफवान सफ्टका अनुसार सिटिजन्स बैंकमा भएको कम्पनीको खाताबाट पटक-पटक गरी साढे ३ करोडभन्दा धेरै रकम चोरी गरिएको हो । कम्पनीले आफ्नो खाताबाट रकम चोरी भएको भनेर साइबर ब्युरोमा उजुरी गरेको छ । सोही आधारमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

कम्पनीले प्रहरीमा दिएको उजुरीमा सन् २०२४ अक्टोबर १, २, ३, र ४ तारिखमा खाताबाट ह्याकरले पैसा चोरेको उल्लेख गरेको छ ।

राहुल ठाकुरलगातयका विपक्षीहरूको खातामा रकमान्तर भएको कम्पनीले प्रहरीमा उजुरी गरेको छ ।

‘राहुल ठाकुरसमेतका विपक्षीहरूको खातामा रकमान्तर गरी निजहरुले रकम झिकिलिएको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरी रकमान्तर गरिलिएको सम्पूर्ण रकमसमेत निज विपक्षीहरूबाट दिलाई भराइपाउँ’, कम्पनीले दिएको उजुरीमा उल्लेख छ ।

कम्पनीको खाताबाट चोरी भएको पैसा नेपालमै विभिन्न व्यक्तिको खातामा लगेको देखिएको छ । एफवान सफ्टले फोन पे र ईसेवा जस्ता वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस