१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला यू-१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने

अ+ अ-

चितवन । मलेसियामा आगामी जनवरीमा हुने महिला यू-१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ ।

भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाले जानकारी दिए । यही पुस १० देखि २२ गतेसम्म बन्द प्रशिक्षण हुने प्रशिक्षणमा १८ खेलाडीसहित २३ जना सहभागी हुनेछन् ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल क्रिकेट संघ (क्यान)को आग्रह अनुसार मैदान उपलब्ध गराइएको बताए । उनले सन् २०२७ मा नेपाल र बंगलादेशमा तय भएको महिला यू-१९ विश्वकपका खेल यही रंगशालामा आयोजना गर्ने गरी महानगरले तयारी गरिरहेको पनि बताए ।

यसका लागि क्यानसँग पहल भइरहेको महानगर प्रमुख दाहालले जानकारी दिए । यसअघि नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पनि यही रंगशालामा प्रशिक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस