२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रौतापोखरीमा पर्यटकको संख्यामा वृद्धि

अ+ अ-

गाईघाट (उदयपुर) । यहाँको रौता गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरीमा दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेका छन् ।

रौतामाई पञ्चकन्या देवीको दर्शन तथा पूजाआरधना गर्न र रौताबाट देखिने मनोरम दृश्यावलोकन गर्न कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउन थालेको रौता माई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापाले बताए ।

उनका अनुसार हाल दैनिक रौता क्षेत्र पर्यटकले भरिभराउ हुन थालेको छ । चिताएको पुग्ने धार्मिक विश्वासका साथ रौता पञ्चकन्या देवीको पूजा तथा आराधना गर्न र हिमश्रृङला हेर्न मौसम सफा भएसँगै पर्यटक बढेको रौतामाई-४ का पूर्व वडाअध्यक्ष पाण्डव राईले बताए ।

रौताबाट उत्तर दिशातर्फ एकैपटक अवलोकन गर्न सकिने सात वटा हिमाल र पहाडी जिल्ला, भोजपुर, धनकुटा, सङ्खुवासभा, खोटाङ, सोलु र ओखलढुङ्गासहित देखिने रौताका होमस्टे सञ्चालक हर्क सिजाली मगरले बताए।

त्यसैगरी तराईका जिल्लाहरू सप्तरी, सिरहा, धनुषा, झापा, सुनसरी र मोरङसहित सप्तकोशी नदीसमेत यस क्षेत्रबाट अवलोकन गर्न सकिन्छ । यहाँ विभिन्न विद्यालयहरूले विद्यार्थीलाई वनभोजका लागि समेत ल्याउने गरेका छन् । 

मङ्सिर लागेसँगै दैनिक पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय र होमस्टेमा व्यापार बढेको स्थानीय होमस्टे सञ्चालक गङ्गा माया मगरले बताए । रौता क्षेत्रमा आउने पर्यटकमध्ये दैनिक बास बस्नेको संख्या हाल दैनिक १० देखि २५ जनासम्म आउन थालेका छन् ।

समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पर्यटकीय तथा धार्मिकस्थल रौता पोखरीको अगाडि रौता पञ्चकन्या देवीको मन्दिर रहेको छ । पोखरी आसपासमा जङ्गल भए पनि यस क्षेत्रको पोखरीमा खसेका रुखका पात चराले टिपेर अन्यत्र लाने विश्वास गरिन्छ । जसका  कारण पोखरी सफा रहने गरेको स्थानीयबासी बताउँछन् ।

रौतामाइ–४ आँपटारका ७८ वर्षीय जगतबहादुर राईका अनुसार रौता पोखरीको पानी हरियो वा निलो रङको देखिने गरियो भने गाउँघरमा अन्न बाली धेरै उत्पादन हुने किंवदन्ती छ । यदि पानीको रङ बदलेर पहेँलो देखियो भने गाउँघरमा रोग व्याधि, दुःख बिमार फैलने विश्वास गरिन्छ । पोखरीको पानी स्वच्छ हुँदा देशमा शान्त हुने झैँ झगडा नहुने किंवदन्ती छ ।

यहाँ परेवा, हाँस, कुखुरा वा पाठी भोग दिएर पूजा गरिने र कतिपयले नरिवल र दूध चढाएर समेत रौता पञ्चकन्या देवीको पूजा गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस