२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकार

अ+ अ-

 काठमाडौँ। चुरे क्षेत्रमा अब चिउरीका बिरुवा रोप्नका लागि यतिबेला सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरुवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने भएपछि आवश्यक पर्ने लागत जुटाउन दाता पर्खिएको हो ।

चुरेको संरक्षण तथा व्यवस्थापनको मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले अब चुरे जोगाउन र त्यसबाट आर्थिक उपार्जन गर्न विभिन्न बिरुवा रोप्ने योजना बनाएको छ । समितिले उक्त योजनाको प्राथमिकतामा चिउरी, बाँस, विभिन्न जातका फलफूलका बिरुवा रोप्ने योजना रहेको बताएको छ ।

तर चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका बिरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ संस्था नै लगानी नगर्ने भन्दै फर्किसकेका छन् । समिति यतिबेला बाँस रोप्न नयाँ दातृ निकायको पर्खाइमा छ । चुरेमा बाँस रोप्न आवश्यक वित्त सहयोग उपलब्ध गराउन इच्छुक देखिएका दातृ निकाय लामो समयसम्म पनि सहमति पाउन नसकेपछि फर्किएका थिए ।

समितिले वन तथा वातावरण मन्त्रालयबाट समयमा नै सहमति नआएपछि दाताहरूले आफ्नो प्रस्ताव फिर्ता लगेका छन् । समितिका अनुसार बाँस रोप्न रु चार अर्ब ८८ करोड ४० लाख (३७ मिलियन अमेरिकी डलर) अनुदान दिन फ्रान्सको दाता ‘रिफरेस्ट एक्सन’ तयार रहेको थियो । तर लामो समयसम्म सहमति पाउन नसकेको भन्दै अनुदान उपलब्ध नगराउने भन्दै सन्देश पठाएको समितिले जानकारी गराएको छ ।

समितिका अध्यक्ष डा. किरण पौडेलले चुरे क्षेत्रमा पुराना दाता फर्किए पनि नयाँ दातासँग थप पैरवी भइरहेको जानकारी दिए । उनका अनुसार एसियाली विकास बैंक (एडिबी)सँग चुरेमा बाँस रोप्न ३० मिलियन डलरको आर्थिक सहयोगका लागि प्रस्ताव गरिएको छ । चुरेमा बाँस रोप्नका लागि नै कसरत गरेको समितिले दाता नपाएका बेलामा अझै चुरेमा चिउरीका बिरुवा रोप्न पनि दाता खोजिरहेको छ ।

समितिका अध्यक्ष डा.पौडेलले चुरेमा ५० लाख हाराहारीमा चिउरीका बिरुवा रोप्न पौने तीन अर्ब बराबर लागत लाग्ने बताए । ‘वन समृद्धिको आधार भने पनि अहिलेसम्म हाम्रो वनजङ्गललाई आर्थिक समृद्धिको आधार बनाउन सकिएको छैन’, उनले भने, ‘आर्थिक समृद्धिका लागि कृषि वनलाई प्राथमिकता दिएर अगाडि बढाउनु आवश्यक छ, वातावरणीय र आर्थिक सुधारका लागि चिउरी उपयुक्त वनस्पति रहेको छ ।’

यद्यपि चुरे संरक्षणकर्ताहरू भने चुरेमा चिउरी रोप्न वैदेशिक दातृ निकायको खोजी हुनुको पनि आलोचना गर्छन् । चुरे संरक्षण अभियन्ता विनोद भट्टले चुरे संरक्षणलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखिएकाले चिउरी तथा अन्य बोटबिरुवा रोप्न आन्तरिक स्रोत नै जुटाउनुपर्नेमा जोड दिए । ‘चुरेमा चिउरी रोप्दा हरियाली बढ्छ, आर्थिक वृद्धि हुन्छ । यो योजनाको स्वागत गर्छु’, उनले भने, ‘तर चिउरी रोप्न पनि दाताकै भर पर्नुपर्ने कुरामा मेरो समर्थन छैन । हामी जहिले पनि दाताको भर पर्नुहुन्न । आन्तरिक स्रोत नै जुटाउने तयारी गर्नुपर्छ ।’

चिउरी उत्पादन उद्योगमुखी बनाउन सकेमा निजी क्षेत्रको समेत लगानी बढ्ने भन्दै उनले निजी लगानी आकर्षण गर्न उपयुक्त हुने सुझाव दिए । जनता तथा स्थानीय तहको सहभागिता बढाएर चिउरी रोप्न सकिने उनको भनाइ छ । ‘जहिले पनि दाताकै भर परेर हुँदैन । सरकारको खर्च गर्न सक्ने आन्तरिक क्षमता बढाउनुपर्छ । बरु अनावश्यक रूपमा गरिएका विकास खर्च कटौती गरेर चुरे संरक्षणमा लगानी बढाउन सकिन्छ’, उनले भने

चुरेमा चिउरी रोप्दा वातावरणीय लाभ

अध्यक्ष डा. पौडेलले चुरे क्षेत्र नेपालको पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील रहेको र चुरेमा तीव्र वन विनाश, माटो कटान, भूक्षय, बाढी पहिरो, खानेपानी अभावजस्ता प्राकृतिक विपद्को चपेटामा रहेको बताए । ‘चुरेमा वातावरणीय संरक्षण बढाउन नसके चुरेमा अझै भयानक विपद् निम्तन सक्छ, यसकारण ‘चुरेको माटो चुरेलाई’ भन्ने नारा कार्यान्वयन गर्न बोटबिरुवा रौप्नैपर्छ’, उनले भने, ‘चिउरीको पर्यावरणीय तथा आर्थिक महत्त्व रहेका कारण चुरे क्षेत्रको सदुपयोग गर्दै चिउरीखेती गर्नु उपयुक्त हुन्छ ।’

अध्यक्ष पौडेलका अनुसार चिउरीको जरा बलियो हुने भएकाले माटो समात्ने क्षमता उच्च हुने हुँदा भूक्षयको डर न्यून रहन्छ । चुरेमा चिउरीका बिरुवा रोप्न सकेमा वातावरणीय सन्तुलन कायम राख्न, जलस्रोत संरक्षण गर्न र स्थानीय समुदायलाई आर्थिक लाभ पुर्‍याउन ठूलो योगदान पुर्‍याउन सक्छ । ‘यसका लागि सरकार, समुदाय र सरोकारवाला निकायबीच सहकार्य गरी चिउरीका बिरुवा रोप्ने र आवश्यक संरक्षण योजना अघि बढाइने छ’, उनले भने ।

अध्यक्ष पौडेलले चुरे क्षेत्रमा चिउरीका बिरुवा रोप्नका लागि आन्तरिक रूपमा आर्थिक स्रोतको अभाव भएपछि दाता खोजिएको बताए । चुरे संरक्षणका लागि आवश्यक पर्ने लागत अभाव रहेको भन्दै उनले वार्षिक बजेट बढाउनुपर्नेमा समेत जोड दिए।

आर्थिक आर्यआर्जन वृद्धि 

समितिका बोर्ड सदस्य डा। सुस्मिता ढकालले चुरेमा चिउरीको बिरुवा रोप्दा वातावरण संरक्षण मात्र नभई यसबाट समुदायको आर्थिक आयआर्जनमा सुधार, रोजगारी वृद्धिमा सहयोग पुग्ने भएकाले चिउरीजस्ता बिरुवा उत्पादन गर्न उपयुक्त रहेको बताइन् ।

‘चिउरीबाट चुरेमा हरियाली बढाउन, वायुमण्डलको हावा शुद्ध पार्न तथा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनमा सहयोग गर्छ’, उनले भनिन्, ‘विभिन्न प्रजातिका जनावरको बासस्थानको सुरक्षा प्रदान गर्दै जैविक विविधता जोगाउन र स्थानीय समुदायलाई रोजगारी र आयका अवसर सृजना गर्दछ ।’

ढकालका अनुसार चिउरीका फूलबाट मौरीपालन गर्न सकिने, फल खान र घिउसमेत बनाउन सकिने भएकाले किसानको जीवनस्तर सुधार्न सहज हुने छ । चिउरीले पशुपक्षी र अन्य वन्यजन्तुको आहारका रूपमा काम गर्छ, जसले जैविक विविधताको संरक्षणलाई प्रोत्साहन गर्ने छ ।

भूक्षय नियन्त्रण 

चुरेमा चिउरीका बिरुवा रोप्न सकेमा चुरे क्षेत्रमा बढिरहेको भूक्षय नियन्त्रण हुने बताउँछन् भूगर्भविद् डा. सुबोध ढकाल । ‘चुरे संवेदनशील भएकाले भूक्षय हुने, माटो बगेर जाने खतरा छ । बोटबिरुवाले माटोलाई समातेर राख्नाले चुरेमा हुन सक्ने क्षयीकरण नियन्त्रण गर्न सहयोग पुग्छ’, उनले भने, ‘यसले पानीको स्रोत संरक्षण तथा जमिनमा पानीको ‘रिचार्ज’ गराएर राख्ने हुनाले खानेपानीको अभाव न्यून गर्नुका साथै माटो बचाएर राख्छ । तर कुनकुन स्थानमा चिउरी रोप्न उपयुक्त हुन्छ विस्तृत अध्ययन भने आवश्यक छ ।’

समितिका अध्यक्ष पौडेलका अनुसार चिउरी रोपणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । चुरे क्षेत्रमा रोपण गर्दा गहिरो खाडल खनी बिरुवा लगाउनुपर्छ र यसको हेरचाहमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस