काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज रातो आलुको औसत मूल्य प्रतिकेजी ५७.६७ रुपैयाँ रहेको छ । प्याज ७६.२५ रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।
यस्तै, स्थानीय काउली ९० रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ९५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।



