काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६२.६७ रुपैयाँ रहेको छ । प्याज ८७.६७ रुपैयाँ, मटरकोशा १७५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।
यस्तै, स्थानीय काउली ८५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ९५ रुपैयाँ, घिरौँला ८५ रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।


