२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्प दोस्रोपटक ‘टाइम वर्ष व्यक्ति’ घोषित

अ+ अ-

न्युयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित भएका छन् । ट्रम्प दोस्रोपटक टाइम वर्ष व्यक्ति बनेका हुन् । यसअघि उनी सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएपछि टाइम वर्ष व्यक्ति चयन भएका थिए । 

टाइम म्यागेजिनका प्रधान सम्पादक साम ज्याकोब्सले ‘ऐतिहासिक राजनीतिक पुनरागमन, विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि’ डोनाल्ड ट्रम्पलाई टाइमको सन् २०२४ को वर्ष व्यक्ति घोषित गरिएको जनाएका छन् ।

ट्रम्पले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, वेल्सकी राजकुमारी क्याथरीन, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, मेक्सिकन राष्ट्रपति, क्लाउडिया सेइनबाउम, अर्बपति इलन मस्क र पोडकास्टर जो रोगनलाई पछि पारेका हुन् ।

टाइम म्यागेजिनले हरेक वर्ष विश्वव्यापी घटनाहरूलाई नाटकीय रूपमा आकार दिने व्यक्तिहरूलाई वर्ष व्यक्ति घोषणा गर्ने गर्दै आएको छ । वर्ष व्यक्तिको सूचीमा विश्व नेताहरूदेखि सांस्कृतिक क्रान्तिकारीहरू समावेश हुने गरेका छन् । फ्रान्कलिन डी रुजवेल्टदेखि यताका जेराल्ड फोर्डबाहेक अन्य अमेरिकी राष्ट्रपति कम्तीमा एक पटक टाइम वर्ष व्यक्ति छनोट भएका छन् ।

वर्ष व्यक्तिको अन्तिम सूचीमा छनोट गरेसँगै सार्वजनिक गरेको विवरणमा टाइमले ट्रम्पले ‘एक आश्चर्यजनक राजनीतिक पुनरागमन गर्दै २०२४ को चुनाव जितेको’ उल्लेख गरेको थियो । ‘उनले अमेरिकी मतदातालाई पुनः आकार दिएका छन् । उनले युवा मतदाताहरूलाई सक्रिय पारेका छन् र हरेक स्विङ स्टेटलाई रेड स्टेटमा परिणत गरेका छन्, टाइमले भनेको छ ।