काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
रातो आलुको औसत मूल्य प्रतिकेजी ७३ रुपैयाँ रहेको छ । प्याज ९३.३३ रुपैयाँ, मटरकोशा १३५ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड ५५ रुपैयाँ प्रति केजी रहेको छ ।
यस्तै, स्थानीय काउली ६५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ५५ रुपैयाँ, घिरौला ८५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।



