२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री सिंहले भने-आर्थिक विकासमा ‘भ्यूटावर’को महत्त्व छ

अ+ अ-

दमक (झापा) । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले दमकमा निर्माण गरिएको व्यावसायिक ‘भ्यूटावर’ले स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् । 

नेपाली काँग्रेस दमक नगर समितिले आज पार्टी कार्यालयमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले भ्यूटावरसहित देशभरिका ६ विशेष संरचनाका आयोजना सञ्चालनको चरणमा रहेकाले यसले दूरगामी महत्त्व राख्ने बताए । दमक-३ स्थित दापगाछीमा सरकारले निर्माण गरेको १८ तले दमक भ्यूटावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स)को कार्यक्रममा सहभागी हुन पुगेका उनले राष्ट्रिय गौरवका योजनाका रूपमा रहेका यस्ता सम्पदालाई स्थायी रूपमा सञ्चालन गर्न सरकारले सुरुआत गरेको उल्लेख गरे । 

स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भइरहेको बेला उपप्रधानमन्त्री सिंहले बनेका संरचनालाई प्रयोगमा ल्याउन सरकार स्पष्ट योजनाका साथ सक्रिय भएको बताए । काँग्रेसलाई व्यवस्थित बनाउन आवश्यक भएको उनले औँल्याए । काँग्रेसभित्र देखिएको बेथितिका कारण मुलुक नै अस्थिर हुने विचार राख्दै उपप्रधानमन्त्री सिंहले देशलाई विकास र समृद्धिमा लैजान फेरि पनि काँग्रेसकै अगुवाइ हुनुपर्नेमा जोड दिए । काँग्रेस पार्टी बलियो भए मात्र देशले प्राप्त गरेको अधिकारसहित उपलब्धि संस्थागत गर्न सकिने उनको भनाइ थियो ।

सो भेलामा काँग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, जिल्ला सभापति देउकुमार थेवे र क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले काँग्रेसले देशकै अगुवाइ गर्न अब सङ्गठित भएर जुट्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस