काठमाडौँ । झापामा ८३ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापाको झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका-७ का २४ वर्षीय अशोक यादव रहेका छन् । हिजो साढे ४ बजेतिर झापा गाउँपालिका-६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया वृद्धा फुलमाया मुर्मु मृत अवस्थामा भेटिएका थिए ।
त्यसपछि अनुसन्धानमा झापा प्रहरीका साथै प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट कुकुरसहितको टोली अनुसन्धानमा खटिएको टोलीले उनीहरूलाई आज पक्राउ गरेको हो ।
उनीहरूबाट हत्यामा प्रयोग भएको कलको ह्याण्डिल र फरुवा समेत प्रहरीले बरामद गरेको छ । हत्यापछि लुटिएको मोबाइल र एउटा साइकल समेत प्रहरीले बरामद गरेको छ ।