२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र ऐनमा सुधार गर्न ढिलाइ हुँदैन : मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धन गर्न आवश्यक पर्ने ऐन सुधार गर्न सरकारले ढिलाइ नगर्ने स्पष्ट पारेका छन् ।

पर्यटन बोर्डको सभा हलमा रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइवार्ट) नेपाल शाखाले आज आयोजना गरेको ‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ मा मन्त्री गुरूङले चलचित्र आम मानिससम्म पुग्ने बलियो माध्यम रहेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले भने, “नेपालमा बनिरहेका चलचित्र र यससम्बन्धी भइरहेका गतिविधिबाट हामीले फाइदा लिनुपर्छ । हाम्रो पर्यटनको प्रचार गर्न सक्छौँ । यसका लागि बाधा देखिएका ऐनमा सुधार गर्दै यस क्षेत्रको विकासका लागि मन्त्रालयसँगै चलचित्र विकास बोर्डले आफ्नो काम गरिरहेको छ । अहिले यो क्षेत्रमा देखिएको मनोमानी र भद्रगोल अवस्थालाई हामीले लयमा ल्याउँदैछौँ । आउँदो केही समयमा सबैले महसुस गर्ने गरी परिवर्तन गरिनेछ ।”

चलचित्र प्रदर्शन, वितरण र निर्माणका लागि विसं २०२६ देखि लागू भएको ‘चलचित्र ऐन’ को समस्या र नयाँ ऐनको महत्त्व बुझेर यसै वर्ष नयाँ ऐन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको मन्त्री गुरूङले जानकारी दिए । यस्तै, उनले महिला चलचित्रकर्मीलाई अगाडि बढाउन मन्त्रालयले बोर्डसँग समन्वय गरेर कार्यक्रम ल्याउने जानकारी दिए ।

“महिलाले गर्न नसक्ने केही छैन, आफूलाई चिन्नु पर्ने आवश्यकता छ”, मन्त्री गुरूङले भने । उनले नेपाल अन्य देशको तुलनामा प्राकृतिक रूपमा धनी रहेको र सांस्कृतिक विविधताले भरिपूर्ण रहेकाले यसको प्रयोग आफ्ना कथा र चलचित्रमा गर्न महिला चलचित्रकर्मीलाई आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस