१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बेत्रावती सन्धि’स्थलको संरक्षण थालियो

अ+ अ-

त्रिशूली(नुवाकोट) । नेपाल–तिब्बत (भोट) युद्धको क्रममा नेपाली पक्ष विजयी भएपश्चात् दुई देशबीच ‘बेत्रावती सन्धि’ भएको स्थानको ऐतिहासिक ढुङ्गाको संरक्षणको लागि विदुर नगरपालिकाले आवश्यक काम अगाडि बढाएको छ ।

पुरातात्त्विक संरचनाको संरक्षण गर्ने क्रममा विदुर–१० स्थित बेत्रावती सन्धि भएको दुई ढुङ्गाको संरक्षण, व्यवस्थापन, पुरातात्त्विक स्वरूपमा निर्माण, युद्धको नेतृत्व गर्ने वीर गोर्खालीको शालिक स्थापना एवं युद्ध सङ्ग्रामका सामग्रीसहितको स्मारक स्थापनाको लक्ष्यसहित उक्त ऐतिहासिक स्थानको संरक्षण गर्न लागिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनको अनुसार चालु आर्थिक वर्षमा रु १८ लाख बजेट विनियोजित गरिएकाले नगरबाट कार्य प्रारम्भ गर्न लागिएको छ । “विनियोजित बजेटको काम सुरु गर्न प्राविधिक टोली र नेपाली सेनाबाट स्थलगत अवलोकन एवं निरीक्षण भइसकेको छ”, नगरप्रमुख श्रेष्ठले भने, “एतिहासिक दुई ढुङ्गा रहेको ठाउँ र यस आसपासका सरकारी जग्गाको लगत लिने र विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०को निर्माण नगरपालिकामार्फत भइरहेको छ । नेपाली सेनाबाट युद्ध सङ्ग्राम संरचना स्थापनाको अध्ययन भइरहेको छ ।”

विदुरले आन्तरिक स्रोतबाट तयार गरिने डिपिआरले निर्देश गरेअनुसार विनियोजित बजेटबाट नेपाली सेनाको सहकार्यमा कार्य प्रारम्भ गरिने योजना बनाइएको छ । विसं १९४९ मा भएको सन्धिपश्चात् उक्त स्थान अलपत्र र जीर्ण छ । संरक्षणको लागि यहाँको विदुर नगरपालिका र नेपाली सेनाबाट प्रारम्भ भएको कार्यलाई माथिल्ला निकाय (पुरातत्व विभाग, बागमती प्रदेश र संघीय सरकार)बाट आर्थिक र प्राविधिक सहयोगप्राप्त हुने प्रतिबद्धता पाएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

विसं १९४९ मा भएको नेपाल–भोट युद्धमा नेपाली पक्ष विजयी भएसँगै बेत्रावतीमा सन्धि भएको थियो । उक्त स्थानमा नेपाली पक्ष बसेका र तिब्बती पक्ष बसेका दुई विशाल ढुङ्गा रहेका छन् । उक्त ढुङ्गाको संरक्षण गर्दै सोही स्थानबाट नेपाली पक्षले युद्ध लडेको दूधेगढी, जितगढी हुँदै सूर्यगढीसम्मलाई कूटनीतिक पदमार्ग बनाउने लक्ष्य लिएर काम अघि बढाउन थालिएको हो । 

दूधेगढीको संरक्षणको लागि विदुर नगरपालिकाले रु एक करोड आठ लाखमार्फत र सूर्यगढीको संरक्षणको लागि सूर्यगढी गाउँपालिकामार्फत पुरातत्व विभागको समन्वय र नेपाली सेनाको सहकार्यमा काम भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस