काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग आगामी माघ १३ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघले एक सूचना जारी गर्दै शहीद स्मारक ‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि सुरु हुने जनाएको छ ।
साथै एन्फाले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा सहभागी १४ क्लबहरूले यसअघिको लिगको बाँकी रकम बुझिलिएका जनाएको छ ।
क्लबहरूले एन्फाबाट प्रतिक्लब ६ लाख ५० हजार रुपैयाँ बुझिलगेका हुन्। यससँगै पुरानो लिगअन्तर्गत पाउनुपर्ने १२ लाख ५० हजारमध्ये बाँकी सम्पूर्ण दायित्व पूरा भएको छ। आगामी माघ १३ (जनवरी २६, २०२५)गतेबाट सुरु हुने नयाँ लिगको तयारी थालिएको छ ।