काठमाडौँ । तोकिएको समयमा निर्वाचन हुन नसकेको नेपाल पत्रकार महासंघको फेरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
महासंघको केन्द्रीय निर्वाचन समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको निर्वाचन समितिका संयोजक प्रा। चिरञ्जीवी खनालले जानकारी दिए ।
संयोजक खनालका अनुसार नयाँ निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय मंसिर २१ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।
उम्मेदवारको नामावली प्रकाशन त्यसै दिन साँझ ५ बजे हुनेछ । यस्तै उम्मेदवारमाथि दाबी विरोध गर्न पाउने त्यसै दिन साँझ ५ बजेदेखि मंसिर २१ गते साँझ ७ बजेसम्म तोकिएको छ ।
