काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि ६ जनाले आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट समितिले सोमबार ६ जनाको नाम सार्वजनिक गरेको हो ।
उपकुलपतिका लागि प्रा. डा. अर्जुन कुमार श्रेष्ठ, प्रा. डा. कल्याणी मिश्र त्रिपाठी, प्रा. डा. पुस्करबहादुर पाल, प्रा.डा. बलराम कुमार भट्ट, प्रा.डा. शारदा थपलिया र प्रा. डा. होमबहादुर बस्नेतले आवेदन दिएका हुन् ।
छनोट भएका उम्मेदवारको सोचपत्र तथा कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ता आगामी २४ मंसिरमा हुनेछ । समितिले कात्तिक २१ मा उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो ।
